भ्वाइस कमान्ड मान्ने डिएफएसकेको ग्लोरी आई–अटो नेपाली बजारमा

काठमाडौं । विश्व प्रसिद्ध डिएफएसको नविन उत्पादन ग्लोरी आईअटो नेपाल भित्रिएको छ । भ्वाइस कमान्ड समेत मान्ने डिएफएसकेको उत्कृष्ट नयाँ मोडल आईअटो एसयुभीलाई नेपालका लागि डिएफएसकेको आधिकारिक वितरक कुजु नेपाल प्रालिले भित्र्याएको हो ।

बुधबार राजधानीमा एक भव्य समारोहका बीच कम्पनीले एड्भान्स सिरिजको ग्लोरी आईअटो सार्वजनिक गरेको छ । नयाँ मोडलको आईअटो एक इन्टेलिजेन्ट एसयूभी कार हो ।

यसअघि कम्पनीले ग्लोरी रिरिजकै ५६० र ५८० एसयूभी मोडललाई नेपाल भित्र्याएकोमा हाल सोही भेरियन्टको एड्भान्स मोडल आईअटो बजारमा ल्याएको हो ।

जुन कारमा अधिकतम फिचर्स भ्वाइस कमान्डबाट नियन्त्रित छन् । अर्थात्,गाडीमा उपलब्ध धेरै फिचर्स बोलेरै चलाउन सकिन्छ । मुख्यतः गाडी चलाउँदै गर्दा फोन डायल,रिसिभ गर्ने देखि म्यूजिक भिडियो अडियो कमान्ड गर्ने,कार कन्ट्रोल,भाइस नेभिगेसन,ब्लूटूथ कनेक्ट्रिभिटी लगायतका फङसनहरु भ्वाइस कमान्ड मार्फत नै चलाउन सकिने कम्पनीले जनाएको छ ।

त्यसो त ग्लोरी आईअटो ग्लोवल एनक्याप क्र्यास ट्ष्टमा फाइभ स्टार रेटिङ प्राप्त एसयूभी कार समेत हो ।

कम्पनीले ग्लोरी आईअटोलाई ७ सिटर इन्टेलिजेन्ट एसयूभीमा ल्याएको छ । भ्वाइस कमान्ड सुविधा समेत उपलब्ध रहेको आईअटो अन्य समान एसयूभीमा अझ बढि एड्भान्स र सुसम्पन्न रहेको कम्पनीले जनाएको छ ।

यसको अतिरिक्त कारमा सेफ्टी फिचर्समा ४ वटा एयरब्याग,इलेक्ट्रिक स्टेबिलिटी प्रोग्राम (इएसपी) सहित एबिएस,इबिडी तथा इबीएका साथमा ४ वटै चक्कामा डिस ब्रेक उपलब्ध गराइएको छ भने,कारमा हिल होल्ड कन्ट्रोल सिस्टम समेत उपलब्ध गराइएको छ ।

त्यस्तै,कारमा ३६० डिग्री क्यामरा र रियर पार्किङ सेन्सर समेत उपलब्ध गराइएको छ ।

१.५ लिटर टर्बो चार्जड् पेट्रोल इन्जिनमा उपलब्ध कार बहु लग्जरीयस् हुनुका साथै उच्च माइलेजका लागि समेत विश्व प्रसिद्ध रहेको कम्पनीको दाबी छ । जुन इन्जिनले अधिकतम १५० पीएसको पावर दिन्छ भने,२२० एनएम टर्क उत्सर्जन गर्ने क्षमता राख्छ । जुन अटोमेटिक गियरबक्समा उपलब्ध रहेको छ ।

ग्लोरी आईअटोको बजार मूल्य ८९ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

Read A Full Artical

Leave a Reply