८९ लाख ५० हजार मूल्यसहित नेपालमा सार्वजनिक भयो डिएफएसके ग्लोरी आई-अटो

काठमाडौं । डिएफएसकेको आधिकारीक वितरक कुजु नेपाल प्रालिले ८९ लाख ५० हजार मूल्य तोकेर डिएफएसकेको एड्भान्स सिरिज ग्लोरी आई-अटो नेपालमा सार्वजनिक गरेको छ । यसअघि ग्लोरी सिरिजका ५६० र ५८० एसयूभी विक्री गर्दै आएकोमा अब नयाँ मोडल आई-अटो थप भएको छ । आई-अटो एक इन्टेलिजेन्ट एसयूभी हो । यसमा रहेका धेरै फिचरहरु भ्वाइस कमान्डबाट चलाउन सकिन्छ ।

उद्योग मन्त्री लेखराज भट्टले एक कार्यक्रमको बीच सार्वजनिक गरेको ग्लोरी आई-अटोले ७ सिटर इन्टेलीजेन्ट एसयूभी हो । यो एसयूभी नेपाली बजारमा उपलब्ध समान मूल्यका एसयूभीहरु भन्दा धेरै एड्भान्स फिचरले भरिपूर्ण रहेको छ ।

इन्टेलिजेन्ट एसयूभी ग्लोरी आई-अटोमा आईटक नामको एस भ्वाइस कमाण्डको विशेषता पाउन सकिन्छ । यसको सहायताले हाई ग्लोरी कमाण्ड दिएर गाडीलाई विभिन्न खालको कार्य गराउन सकिन्छ । जसलाई मन्त्री भट्टले प्रयोग गरेर देखाएका थिए । यसको प्रयोगले मूख्यत फोन कल एसेस सिस्टम, मिडिया कमाण्ड, कार कन्ट्रोल, भाइस नेभिगेसन, कनेन्टिभिटी फिचर संचालन गर्न सकिन्छ ।

यसमा रहेको कार कन्ट्रोल कमान्डबाट सजिलै क्लाइमेट कन्ट्रोल चलाउने, आगाडि पछाडिको विण्डो ग्लास खोल्ने बन्द गर्ने, सनरुफ खोल्ने बन्द गर्ने, आदि कार्यहरु गाडी चलाउँदा चलाउँदै बोलेरै गर्न सकिन्छ । त्यस्तै गाडी चलाइरहेकै अवस्थामा जीपीएस खोल्ने र बन्द गर्ने भ्वाइस नेभिगेसन तथा ब्लुटुथ र वाईफाई खोन्ने र बन्द गर्न पनि आवाज दिए पुग्छ । यी र यस्ता १ सयभन्दा बढी भ्वाइस कमान्ड दिन सकिने छ ।

नेपाली बाटोको लागि उपयुक्त १८ इन्चको अलोय ह्वील रहेको यस एसयूभीमा अगाडि र पछाडि दुबैतर्फ एलइडी लाइटको प्रयोग गरिएको छ । दुईवटा एग्जस्ट पाईप, पानारोमिक सनरुफ तथा रुफ रेले ग्लोरी आई-अटोलाई स्पोर्टी बनाएको छ ।

यस एसयूभीमा खुट्टाले नै खोल्न मिल्ने टेल गेट रहेको छ । जसले गर्दा दुबै हातमा सामान लिएर गाडीको बुटमा राख्दा सहज हुन्छ । किलेस इन्ट्री, गाडीको स्टार्ट बन्द गरेपछि आफै फोल्ड हुने ओआरभीएम तथा रेन सेन्सिङ अटो वाइपर जस्ता फिचर आई-अटोमा उपलब्ध छ ।

ग्लोवल एनक्याप क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको यो एसयूभीमा सुरक्षाका लागि अगाडि ४ वटा एयरव्याग, चारै चक्कामा डिस ब्रेकको प्रयोग गरिएको छ । यस एसयूभीमा आधुनिक इलेक्ट्रिक स्टेबीलीटी प्रोग्राम (इएसपी) ब्रेकिङ सिस्टम दिइएको छ । जसमा एबिएस, इबीडी तथा इबीए (इमेर्जेन्सी ब्रेक असिस्ट) जस्ता फिचरहरुको सहायताले जस्तोसुकै परिस्थितिमा गाडीलाई रोक्न सक्छ ।

ग्लोरी आई-स्मार्टमा १.५ लिटर टर्बो चार्ज्ड पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १५० पीएस पावर तथा २२० एनएम टर्क उत्पादन गर्ने क्षमता राख्छ । यो एसयूभी अटोमेटिक गियरबक्समा नेपाल आउने छ ।

Read A Full Article

Leave a Reply